Logo

मुख्य समाचार

मौसम पूर्वानुमान : कोसी र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना


४ कार्तिक २०८२, मंगलबार  

23
Shares

काठमाडौं – आगामी २४ घण्टामा कोसी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार दिउँसो सातवटै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

राति देशभर मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ। हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको विभागले स्पष्ट पारेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ७ : ११ बजे