Logo

कला/साहित्य

दुई स्रष्टालाई महाकवि देवकोटा पुरस्कार



काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा साहित्यिक संस्था कल्पतरु प्रज्ञा प्रतिष्ठानले दुई साहित्यकर्मीलाई पुरस्कार प्रदान गरेको छ।

सोमबार काठमाडौंको जोरपाटीमा आयोजित कार्यक्रममा कवि तथा गीतकार कञ्चन पुडासैनीलाई ‘महाकवि देवकोटा कल्पतरु प्रज्ञा पुरस्कार’ प्रदान गरिएको हो। उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै, साहित्यकार कृष्णप्रसाद नेपाललाई ‘महाकवि देवकोटा कल्पतरु पुरस्कार’ अन्तर्गत नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ।

पुरस्कार प्रतिष्ठानका अध्यक्ष नवराज पुडासैनी ‘ज्योत्सना’ र साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले संयुक्त रूपमा प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै घिमिरेले महाकवि देवकोटाको योगदानले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको बताए। कार्यक्रममा पुरस्कृत स्रष्टा पुडासैनी र नेपालसहित डा. विदुला घिमिरे र राजन पुडासैनीले मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ८ : ४० बजे