Logo

समाचार

क्यानका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार, स्कुटर नियन्त्रणमा



काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीमाथि ललितपुरको सातदोबाटोमा दुर्व्यवहार भएको छ।

ललितपुर प्रहरीका अनुसार सोमबार बेलुका स्कुटरमा आएका व्यक्तिले महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान अघि बढाएको छ।

दुर्व्यवहारमा प्रयोग गरिएको स्कुटर प्रहरीले नियन्त्रणमा लिएको भए पनि संलग्न व्यक्तिहरू हालसम्म फेला परेका छैनन्। प्रहरीका अनुसार दुर्व्यवहार गर्ने समूहको खोजी जारी छ।

अधिकारी सुरक्षित रहेको जनाइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ७ : ५९ बजे