Logo

समाचार

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि



काठमाडौं । सन् १९५३ को ऐतिहासिक सगरमाथा आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको राजकीय सम्मानसहित आज काठमाडौंमा अन्त्येष्टि गरिएको हो ।

कान्छा शेर्पा सगरमाथाको पहिलो सफल आरोहण दलका प्रमुख सदस्य सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँगै पर्वतारोहण यात्रामा सहभागी थिए । उनले जीवनका अन्तिम दिनहरू आफ्नो पुख्र्यौली घर नाम्चे बजारमा बिताएका थिए ।

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर ग्याल्जे शेर्पाले भने, “कान्छा शेर्पा विश्वप्रसिद्ध आरोही थिए । उनी सगरमाथाको पहिलो आरोहण दलका अन्तिम जीवित सदस्य थिए । उनी हाम्रो सम्पूर्ण पर्वतारोहण समुदायका लागि मार्गदर्शक थिए । उनकै योगदानले नेपालको पर्वतारोहण र पर्यटन उद्योगले विश्वव्यापी ख्याति प्राप्त ग¥यो ।”

सन् १९३२ मा नाम्चे बजारमा जन्मिएका शेर्पा १९ वर्षको उमेरमा कामको खोजीमा घरबाट दार्जिलिङ पुगेका थिए । त्यहाँ उनको भेट तेन्जिङ नोर्गे शेर्पासँग भयो, जसले उनलाई सन् १९५३ को सर एडमण्ड हिलारीको एभरेस्ट अभियानमा सहभागी हुन सहयोग गरे । अभियानमा उनले दैनिक पाँच रुपैयाँ पारिश्रमिक पाउँथे । एएनआई

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  २ : २३ बजे