Logo

Breaking News 1

विप्लव नेतृत्वको नेकपाले गर्यो कार्की नेतृत्वको अन्तरिम सरकार खारेजीको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो विशेष बैठकले देशलाई वास्तविक निकास दिन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गर्नुपर्ने निर्णय गरेको छ । आइतबार बैठकमा गरेका निर्णय सार्वजानिक गर्दै अन्तरिम सरकारको निर्माण आन्दोलन, विद्रोह र निकासको आवश्यकतासँग मेल नभएको बताएका हुन् ।

सार्वजानिक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जेनजी विद्रोहपछि जसरी अन्तरिम सरकारको निर्माण गरिएको छ । यो आन्दोलन, विद्रोह र निकासको आवश्यकतासँग मेल खाँदैन,’ यसमा थप भनिएको छ, ‘देशलाई वास्तविक निकासतिर डोर्याउने हो भने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज हुनु पर्दछ र यसको ठाउँमा जेनजी, किसान, मजदुर, महिला, दलित, जनजाति, मधेशी, बुद्धिजीवी, राजनीतिक दलहरु सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार गठन हुनु पर्दछ ।’

बैठकले नयाँ बन्ने सरकारले विशेष परिस्थितिमा कार्यकारी अधिकारको प्रयोग गर्दै संविधान संशोधन गर्नुपर्ने बताएको छ । संविधानको पुनरलेखन, राज्यको पुनरसंरचना, प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्दै उत्पीडित जातिहरुको अग्राधिकारसहितको समाजवादी संघीय राज्य निर्माण गर्नुपर्ने निर्णय गरेको छ ।

‘नयाँ बन्ने अन्तरिम सरकारले विशेष परिस्थितिमा कार्यकारी अधिकारको प्रयोग गर्दै संविधान संशोधन गर्नुपर्छ । एउटा उच्चस्तरीय संविधान लेखन आयोग गठन गर्नुपर्छ । संविधानको पुनरलेखन गर्दै राज्यलाई पुनरसंरचना गर्दै, प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्दै, उत्पीडित जातिहरुको अग्राधिकारसहितको समाजवादी संघीय राज्य निर्माण गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

तेस्रो विशेष वैठकका निर्णयहरु
१. ४ दिनसम्म केन्द्रीय समितिका सबै सदस्य कमरेडहरुले उच्चस्तरको जनवादी वहसमा भाग लिनुभयो । आवश्यक सुझावहरुलाई थपघट गरी उठेर तालिको गड्गडाहटसहित एकमतले पास गरियो ।

२. जेनजी विद्रोहको कारण जेन–जी विद्रोह नवयुवाहरुको अगुवाइ र आम जनताको समर्थनमा सम्पन्न अभुतपूर्व विद्रोह हो । यसको मुख्यकारण देशमा व्याप्त भ्रष्टाचार, राजनीतिक अस्थिरता, वैदेशीक हस्तक्षेप, गैरसरकारी संस्थाको व्यापक जालो र नकारात्मक प्रचारप्रसार, वेरोजगारी, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध थिए । जेनजीका मगहरु सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खारेजी, भ्रष्टाचारी माथि कार्वाही, अस्थिरताको अन्त्य संसद्को विघटन र राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन र संविधानको पुनरलेखन थिए ।
३. जेनजी विद्रोहका परिणामबारे हाम्रो धारणा र निर्णय– जेनजी विद्रोह मुलतः आफ्ना मुख्य उद्देश्य प्राप्त गर्नमा असफल भएर सरकार परिवर्तन र चुनावको घोषणामा खुम्चिन पुगेका छ । आन्दोलमा भएको ७६ जनाको वलिदान, २ हजार बढी घाइते, खरबौंको विध्वंसपछि देखिएको यो परिवर्तनप्रति कुनै पनि आन्दोलनकारी शक्ति, प्रवृत्ति सन्तुस्ट बन्न सकेका छैनन् ।
जेनजी विद्रोहपछि जसरी अन्तरिम सरकारको निर्माण गरिएको छ यो आन्दोलन, विद्रोह र निकासको आवश्यकतासँग मेल खाँदैन । सरकारको निर्माणले न सबै विद्रोही, संघर्षरत शक्तिलाई जोड्न सकेको छ नत आन्दोलनको उचाइलाई नै पकइन सकेको छ । यसले आउँदो दिनमा अर्को संघर्ष र विद्रोहको सृजना गर्ने निश्चित छ । तसर्थ यदि देशलाई वास्तविक निकासतिर डोर्याउने हो भने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज हुनु पर्दछ र यसको ठाउँमा जेनजी, किसान, मजदुर, महिला, दलित, जनजाति, मधेशी, बुद्धिजीवी, राजनीतिक दलहरु सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार गठन हुनु पर्दछ,
नयाँ बन्ने अन्तरिम सरकारले विशेष परिस्थितिमा कार्यकारी अधिकारको प्रयोग गर्दै संविधान संशोधन गर्नुपर्छ । एउटा उच्चस्तरीय संविधान लेखन आयोग गठन गर्नुपर्छ । संविधानको पुनरलेखन गर्दै राज्यलाई पुनरसंरचना गर्दै, प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्दै, उत्पीडित जातिहरुको अग्राधिकारसहितको समाजवादी संघीय राज्य निर्माण गर्नुपर्दछ ।
४. सामान्यतः पहिलेदेखि विशेषतः गणतन्त्रका दुइ दशकमा देशको सम्पत्ति भ्रष्टाचार गर्ने, कर बाट खडा गरेको कोष हिनामिना गरेर व्यक्तिगत सम्पत्तिमा बदल्ने भ्रष्टचारीहरुलाई निश्पक्ष छानवीनगरी सर्वस्वसहित जन्मकैद गर्नुपर्छ। स्वदेशी तथा विदेशी बैंकमा लुकाएको कालोधन खोजीग विदेशमा भए फिर्ता लिएर राष्ट्रियकरण गर्नुपर्छ ।
५. भ्रष्टाचारको निश्पक्ष छानवीनका लागि नागरिक र विज्ञा संलग्न शक्तिशाली नागरिक आयोग गठन गर्नुपर्छ । त्यसैगरी अपराधको निश्पक्ष फैसला गर्न विशेष न्यायालय खडा गर्नुपर्छ । सोही अदालतको फैसला नै अन्तिम हुने व्यवस्था गर्नुपर्छ ।
६. नेपालमा निरन्तर बढ्दै गएको साम्राज्यवादी हस्तक्षेप मुख्यतः अमेरिकी भूमण्डलीकृत साम्राज्यवादी हस्तक्षेपका कारण नेपालको राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता र अखण्डता सर्वाधिक संकटमा परेको छ । २४ गते देखिएको टिओबी (टिबेटन ओरिजिनल ब्लड को अराजकता र खुलेआम हतियारको प्रदर्शनले नेपाल तिब्बतीयन शरणार्थीको बहानामा नेपाली अनुहारका दलालहरुलाई प्रयोग गरेर ’अमेरिकी नेपाल टिब्बेट सेना“ त खडा गरिएको छैन या गरिदै त छैन“ भन्ने भयानक आशंका उब्जिएको छ । यसले देशको स्वाधीनता, अखण्डता र राष्ट्रिय एकताको रक्षा गर्न देशभक्त, समाजवादी, वामपन्थी शक्तिको एकता, मोर्चाबन्दी र प्रतिवादको आवश्यकतालाई उच्चतहमा उठाइ दिएको छ । (९) विदेशी शक्तिकेन्द्रबाट पैसा लिएर गैरसरकारी संस्था चलाउने, उनीहरुको दलाली गर्ने, नेपाली राष्ट्रियता कमजोर बनाउँने, जातीय, क्षेत्रीय एवं समाजिक सद्भाव विथोल्ने, जनतालाई निरास बनाउने र अराजकतातिर भड्काउने आइएनजीओ, एनजीओहरुको राम्रो छानवीनगरी खारेज गर्नुपर्छ । जनताको हितमा सेवा गर्ने चाहनेका हकमा राज्यको नीति विधिभित्र रहेर पारदर्शी प्रकारले काम गर्ने अनुमति दिनुपर्छ ।
७. विदेशी पैसाको बलमा नेपाली संस्कृतिमाथि भइरहेको हस्तक्षेप, धर्मपरिवर्तन, छाडा समलिङ्गी विवाहलाई कडाइपूर्वक बन्द गर्नुपर्छ । सबैको भाषिक, सांस्कृतिक, धार्मिक अधिकारलाई निस्पक्ष तरिकाले संरक्षण गर्नुपर्छ ।
८. नेकपा जनेजी विद्रोहपछि नयाँ वातावरणमा ताजा जनादेशका लागि चुनावमा भाग लिन चाहन्छ परन्तु तत्कालको अवस्था हेर्दा राष्ट्रिय एवं जनसुरक्षाको क्षेत्रमा गम्भीर आशंका र प्रश्न जन्माएको छ । प्रहरी पोष्टहरु बस्न सक्ने बनेका छैनन् भने कब्जागरिएका हजारभन्दा बढी हतियार फिर्ता भएका छैनन् । नागरिकहरु सशंकित र त्रसित छन् । यो स्थितिमा राजनीतिक तहमा उच्चस्तरिय समझदारी एवं संरचना खडा नगरेर वर्तमान अन्तरिम सरकारले सहजै चुनाव गर्न सक्ने स्थिति छैन । जवरजस्त चुनावको रटान लगाइन्छ भने चुनावको बहनामा देशलाई कठपुतलीहरु नचाउने थलो बनाएर अराजकतातिर धकेल्ने अवस्था आउन सक्छ । यसतर्फ सबै नागरिकहरु सचेत रहन जरुरी छ ।
९. देशलाई शान्ति, स्थिरता, स्वाधीनता र अग्रगामी निकास दिनका लागि नेकपाले देशभक्त, समाजवादी, वामपन्थी, कम्युनिस्ट शक्ति सम्मिलित राजनीतिक गोलमेच सम्मेलन आयोजना गर्न पहल गर्ने छ । साथै देशभरी विभिन्न क्षेत्रका नागरिक, व्यवसायी, बुद्धिजीवीसँग अन्तरक्रिया संचालन गर्ने निर्णय लिएको छ ।
१०. माथि उल्लेखित विषयसहित राष्ट्रपतिको ध्यान आकर्षित गर्न ज्ञापनपत्र पेस गर्ने र कातिक २० गते राजधानीमा वृहद जनसभा आयोजना गर्ने निर्णय लिइएको छ ।
११.जेनजी विद्रोहपछि कम्युनिस्टहरु बीचको एकता र नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता नै जरुरी बनेको छ । यसको लागि केवल संगठनात्मकरुपले एकठाउँमा जम्मा हुनेतिरबाट नसोचेर देशमा पैदा भएको साम्राज्यवाद, दलाल पुँजीवाद र नेपाली जनताको बीचको प्रधान अन्तरविरोधलाई समाधान दिने, नेपाललाई नेपाली विशेषताको समाजवादतिर बढाउने गरी राजनीतिक विचार, कार्यदिशा, कार्यक्रम, संगठनात्मक मान्यता, आर्थिक जीवनपद्धति, संस्कृतिसहित नयाँ आन्दोलन र मूल्य निर्माण गर्ने स्तरबाट ग्रहण र प्रयोग गर्नु पर्दछ । यसका लागि नेकपाले समाजवादी मोर्चामा आबद्ध पार्टी, माओवादी घटक, सबै कम्युनिस्ट पार्टीसँग छलफल बढाउने र आफ्नो ठाउँमा जुनकुनै योगदान गर्न तयार रहने निर्णय लिएको छ ।
१२. पार्टीले “नयाँ आर्थिक मार्ग“ अन्तरगत आत्मनिरभर अर्थ प्रणालीको प्रयोगबाट आर्थिक जीवनमा उत्साहजनक परिणाम हासिल गर्दै बढेको छ । यो वर्ष बर्षेवाली उत्पादन सोचेभन्दा राम्रो भएको छ भने हिउँदे वाली उत्पादनलाई व्यवस्थित गर्ने निर्णय लिएको छ । परिस्थितिले साथ दिएमा कृषि उत्पादन बढाउदै “एकीकृत स्वामित्व“ अन्तरगत एउटा उद्योग संचालन गर्ने निर्णय लिइएको छ । १६) भ्रष्टाचारी, तस्कर, माफिया, दलालहरुको कालोधनबाट देशलाई बचाउन केही ठोस नीति बनाइ ५ सय र १ हजारका नोट खारेजगरी नयाँ दरका नोट छाप्न राज्यलाई सल्लाह र दवाव दिने निर्णय लिइएको छ ।
१३ जनतालाई एकताबद्ध गर्न साथै समाजमा नयाँ सांस्कृतिक मूल्य मान्यता निर्माण गर्ने अन्तरगत हरेक शनिवार श्रम, सरसफाइ सहित महान सहिदहरुका प्रतिमा सामु जम्मा भएर सम्मान व्यक्त गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ५ : ४१ बजे