Logo

अर्थ

४ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य आज भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ११ : ३७ बजे