Logo

मुख्य समाचार

विपिन जोशीको शव भोलि काठमाडौं ल्याइने



काठमाडौं । इजरायलमा हमासद्वारा हत्या गरिएका कञ्चनपुर निवासी विपिन जोशीको शव भोलि सोमबार काठमाडौं ल्याइने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार दुबई हुँदै जोशीको शव नेपाल ल्याउने तयारी गरिएको हो।

विपिन जोशी २०८० असोज २३ गते (अक्टोबर ७, २०२३) मा गाजापट्टीमा हमासको आक्रमणका क्रममा बन्धक परेका थिए। हमासले हालै उनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। इजरायली फरेन्सिक परीक्षणले उनको मृत्यु २०२३ को अन्त्यतिर भएको पुष्टि गरेको छ।

शव स्वदेश ल्याइएपछि प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

जोशी अध्ययनको सिलसिलामा इजरायल गएका थिए। इजरायल–हमासबीच युद्धविराम र बन्दी साटासाटको क्रममा जोशीको शव इजरायललाई फिर्ता गरिएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ११ : १५ बजे