Logo

खेलकुद

भूपेन्द्रले विश्व मार्सल आट्र्समा खेल्ने



काठमाडौं । भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आट्र्स च्याम्पियनसिपमा खेल्ने भएका छन् । प्रतियोगिता अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा हुनेछ ।

वल्र्ड फाइटिङ मार्सल आट्र्स फेडरेसनको आयोजनामा हुने प्रतियोगितामा भूपेन्द्रले ३ विधामा प्रतिस्पर्धा गर्ने छन् । उनले छाङ छ्वान, ताइची र म्युजिकल फम्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

अमेरिकामा भूपेन्द्रले दोश्रोपटक खेल्न लागेका हुन् । यसअघि उनले अमेरिकाको विभिन्न शहरमा भएका ३ प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र ३ रजत पदक जितेका थिए । भूपेन्द्रले जर्मनी, युके र थाइल्यान्डमा भएका प्रतियोगितामा पनि पदक जितेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।

भूपेन्द्र अक्टोबर २३ तारिख अमेरिका प्रस्थान गर्ने छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ८ : ५४ बजे