Logo

Breaking News 1

जानकी मन्दिरमा ट्रफीको पूजा गर्दै एनपीएल टुर सकियो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजेता टिमले पाउने ट्रफीको टुर जकपुरधाममा गराइएको छ । शनिबार जनकपुरधामको जानकी मन्दिरमा एनपिएलको ट्रफीको पुजा गरिएको छ भने नगर परिक्रममा पनि गरिएको छ ।

एनपिएलका आयोजक टिम, क्यानका पदाधिकारी, जनकपुर बोल्टस टिमका सदस्य र क्रिकेट प्रेमीहरुको उल्लेख्य उपस्थितीमा एनपिएलको ट्रफीसहित जनकपुरको परक्रमा गरिएको छ ।

एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्टस टिम रहेकोले जनकपुरधामवासी एनपीएलका लागि बढी उत्साहित देखिएका छन् । ट्रफी टुरको बेला जनकपुरवासीले जनकपुर बोल्टस जिन्दावादको नारा लगाएका थिए ।

मधेश प्रदेश पछि ट्रफी टुर अन्य प्रदेशहरुमा पनि गरिने जनाइएको छ । एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि हुने भनिएको छ ।

यस पटक हुने सिजन दुई थप उत्साहले भरिएको हुने र दर्शकलाई थप मनोरञ्जन दिने किसिमले तयारी गरिएको आयोजक कमिटिले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ७ : ३१ बजे