Logo

राजनीति

रेशम चौधरीको नयाँ दल दर्ता प्रक्रिया स्थगित


३१ आश्विन २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । रेशम चौधरीले घोषणा गरेको नयाँ राजनीतिक दल नागरिक उन्मुक्ति नेपाल को दर्ता प्रक्रिया हाललाई स्थगित गरिएको छ।

शुक्रबारका लागि तय गरिएको दल दर्ता कार्यक्रम चौधरीकी ठूली आमाको निधन भएपछि स्थगित गरिएको नागरिक उन्मुक्ति पार्टीका तत्कालीन वाग्मती अध्यक्ष दीप तामाङले जानकारी दिएका छन्।

“पार्टी दर्ताका सबै प्रक्रिया पूरा भइसकेका छन्। तर संरक्षक चौधरीज्यूको ठूली आमाको निधनपछि कार्यक्रम स्थगन गर्नुपर्‍यो। उहाँको अनुपस्थितिमा दर्ता अघि बढाउनु उचित ठानिएन,” तामाङले बताए।

उनका अनुसार कात्तिक १५ गतेभित्र दल दर्ता प्रक्रिया पूरा गर्ने तयारी गरिएको छ।

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि दल दर्ताको समयसीमा कात्तिक ३० गतेसम्म तोकेको छ। नागरिक उन्मुक्ति नेपालले ३०१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : ५१ बजे