Logo

अर्थ

सुन प्रतितोला २ लाख ५८ हजार


३१ आश्विन २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ७ हजार १ सयले बढेर नयाँ रेर्कड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(शुक्रबार) सुन प्रतितोला २ लाख ५८ हजार कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी ७५ रुपैयाँले बढी ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ३ हजार २ सय ७५ रुपैयाँमा कारोवार भइरहेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ११ : ३१ बजे