Logo

राजनीति

प्रधानमन्त्री कार्कीद्वारा कूटनीतिक नियोग प्रमुखहरूसँग राजनीतिक विषयमा छलफल


३१ आश्विन २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग आज दिउँसो छलफल गर्ने भएकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो साढे २ बजेका लागि कूटनीतिक नियोग प्रमुखहरूलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा नेपालको पछिल्लो राजनीतिक अवस्था, जेनजी समूहका माग, आउँदो फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन र भूकम्पपछिको पुनर्निर्माण प्रक्रिया लगायतका विषयमा प्रधानमन्त्री कार्कीले जानकारी गराउने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्री कार्कीको यो छलफललाई हालको राजनीतिक संक्रमणकालीन अवस्थामा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ११ : १५ बजे