Logo

मनोरञ्जन

अनमोल केसी अभिनीत ‘जेरी अन टप’ आजबाट देशव्यापी प्रदर्शनमा


३१ आश्विन २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘जेरी अन टप’ आजबाट देशभर प्रदर्शनमा आएको छ। शुक्रबार रिलिज अन्तर्गत सार्वजनिक भएको चलचित्रले मुलुकभर २०० भन्दा बढी शो पाएको निर्माता पक्षले जनाएको छ।

सुयोग गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा अनमोल केसीसँगै आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, उषा खड्गी र सुरक्ष पन्तको अभिनय रहेको छ। पन्तले चलचित्रमा विशेष भूमिका निभाएकी छन्।

सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित चलचित्रको कथा हेमराज बिसीले लेखेका हुन् भने पटकथा तथा संवाद विश्वास तिम्सिनाले तयार पारेका हुन्।

अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज न्यौपानेको प्रस्तुति, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ।

चलचित्रमा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत रहेको छ। छायांकन दुलीप रेग्मीले गरेका छन्।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : २६ बजे