Logo

खेलकुद

नेपाल आज समोअसँग भिड्दै, जिते विश्वकपमा स्थान पक्का हुने


३१ आश्विन २०८२, शुक्रबार  

115
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनल अन्तर्गत सुपर–६ चरणको अन्तिम खेलमा नेपालले आज समोअसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै आएका नेपाली टोलीको लक्ष्य विश्वकपको छनोटसँगै उपाधि पनि हात पार्नु हो।

नेपालले अहिलेसम्म सुपर–६ मा युएईलाई १ रन, कतारलाई ५ रन र ओमानलाई ३८ रनले पराजित गर्दै लगातार तीन जित दर्ता गरेको छ। ओमानविरुद्धको जितसँगै नेपाल आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ, जुन दोस्रो स्थानको ओमानभन्दा दुई अंकले बढी हो।

समूह चरणमा नेपालले कुवेतविरुद्ध ५८ रन र जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो। हालसम्म पाँच खेलमा पाँच जित निकालिसकेको नेपाल समोअामाथि विजयी भए प्रतियोगिता अपराजित समाप्त गर्दै विश्वकप छनोट र उपाधि दुबै आफ्नो नाम गर्न सफल हुनेछ।

खेल आज नेपाली समयअनुसार अपराह्न ४:१५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ६ : ५८ बजे