काठमाडौं । प्रसिद्ध गीतकार एवं संचारकर्मी दयाराम पाण्डे अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’को एशिया क्षेत्रीय समितिको संयोजकमा निर्वाचित भएका छन् ।
काठमाडौंमा आयोजित छैठौं इनास ग्लोबल महाधिवेशन– २०८२ बाट पाण्डे एशिया संयोजकमा निर्विरोध निर्वाचित भएका हुन् ।
उनको कार्यकाल दुई वर्ष (२०२५–२०२७) को हुनेछ । उनी यसअघि इनास नेपालको अध्यक्ष थिए ।
इनास सन् २०१२ मा पोल्यान्डबाट शुरु भएको संस्था हो । नेपाली भाषा, साहित्य, कला, संस्कृति, सिनेमा, खेलकुदको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले स्थापना भएको इनास हाल विश्वका ७५ भन्दा धेरै राष्ट्रमा फैलिएको छ ।
प्रतिक्रिया