Logo

मुख्य समाचार

झापाको सिस्ने खोलामा डुबेर तीन बालिकाको मृत्यु


३० आश्विन २०८२, बिहिबार  

23
Shares

झापा – झापा जिल्लाको गौरादह नगरपालिका–९ स्थित सिस्ने खोलामा बिहीवार दिउँसो माछा मार्ने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा मगर, नौ वर्षीया स्वीकृति मगर र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियार रहेका छन्।

प्रहरी टोली घटनास्थलमा पुगेको छ भने घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ५ : १९ बजे