काठमाडौं — नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँगको एकता केपी शर्मा ओलीको नेतृत्वमा नरहे सम्भव हुने बताएका छन्।
बुधबार धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा उनले ओलीको नेतृत्व रहुञ्जेल एमालेसँग एकता नहुने स्पष्ट पारे। “केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन, तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ,” प्रचण्डले भने।
उनका अनुसार तिहारपछि समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढाइनेछ। उनले माओवादी केन्द्रको आगामी राजनीतिक दिशा चुनावमा केन्द्रित रहने पनि बताए।
“अबको माओवादीको लाइन भनेको चुनाव हो,” उनले भने।
प्रचण्डले युवा पुस्ता माओवादीको विचार र मार्गप्रति आकर्षित हुन थालेको दाबी पनि गरे। “अहिले मेरो जेनजी युवाहरूसँग छलफल भइरहेको छ। युवाहरूले माओवादी सही रहेछ भन्ने बुझ्नुभएको छ,” उनले भने।
प्रतिक्रिया