काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीको अध्यक्ष पदबाट हट्ने वा नहट्ने निर्णय फेसबुक वा बाह्य चर्काचर्कीले होइन, पार्टीको केन्द्रीय कमिटीले गर्ने बताएका छन्।
केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले पछिल्लो समय आफ्नो राजीनामा माग्ने आवाजबारे प्रतिक्रिया दिँदै भने, “मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यही पंक्तिले (केन्द्रीय कमिटी) भन्ने हो।”
आफ्नो स्वास्थ्य अवस्थालाई लिएर पनि टिप्पणी गर्दै उनले जोक-style मा भने, “अझै सप्रेन ओली भन्छन्। बिग्रेको हुनुपर्यो नि सप्रिन!”
ओलीले पार्टीभित्रको असहमति बाहिर सार्वजनिक गरेर “अखबारबाजी” गर्नु अनुपयुक्त भएको भन्दै केही नेताहरूको व्यवहारप्रति अप्रत्यक्ष कटाक्ष पनि गरे। “बाहिर गएर अखबारबाजी गरेर कतिपय साथीले बोकेर हिँड्न सकिँदै भनेको सुन्छु। म आफैँ हिँड्न सक्छु, किन बोक्न पर्यो?” ओलीले व्यंग्य गर्दै भने।
उनले पार्टी र पदबाट हट्ने प्रक्रियागत कुरा भएकाले त्यसलाई संस्थागत ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।
प्रतिक्रिया