काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रयासस्वरूप लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष तथा संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेश गर्दै सोनलले पाँच दलको समर्थन रहेको उल्लेख गरेका छन्। उक्त गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल र नेकपा (एकीकृत समाजवादी) सहभागी छन्।
प्रदेश सभाको १०७ सदस्यमध्ये बहुमतको लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ। गठबन्धनमा जसपाका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ सांसद रहेका छन्, जसको कुल संख्या ५६ हुन्छ।
सोनलको दाबीपछि मधेशमा सरकार गठनको प्रक्रिया तीव्र बनेको छ।
प्रतिक्रिया