Logo

Breaking News 1

बाजुरा कप फुटबल प्रतियोगिताको उपाधी साईनिङ स्टारलाई



बाजुरा । बाजुरा कप फुटवल प्रतियोगिता २०८२ को उपाधी साईनिङ स्टार युथ क्लव कोल्टीले जितेको छ । कपको फाइनल भिडन्तमा रानीवन स्पोर्ट क्लव र साईनिङ स्टार युथ क्लवबीच प्रतिष्पर्धा भएको थियो ।

निर्धारित समयमा दुवैले १–१ गोल गरेका थिए । थप गरिएको समयमा दुबैले गोल थप्न सकेनन् र पेनाल्टी सुटआउटबाट खेल नतिजा लिनु परेको थियो । रोमाञ्चक पेनाल्टी सुटआउटबाट रानीवनलाई पछाडी पार्दै साईनिङ स्टार कोल्टीले १ गोल ओभरका साथ जित निकालेको थियो ।

रानीवन स्पोर्ट क्लवले भने उपविजेतामै चित्त बुझाउनु परेको छ । पेनाल्टी सुटआउटमा साईनिङ स्टारले ८ र रानीवन स्पोर्ट क्वलले ७ गोल गरेका हुन् । प्रतियोगितामा जम्मा २० टिम सहभागी भएका थिए । उक्त २० टिम मध्ये समूह चरणका खेलहरुबाट ८ टिम क्वाटरफाईनल समिकरणको लागी तय भएका थिए भने अन्य टिम बाहिरिएका थिए ।

क्टारफाईनल समिकरण पछि ४ टिम बाहिरिदै सेमिफाईनफमा ४ टिम तय भए अन्ततहः फाईनलमा दुई टिमबीच प्रतिष्पर्धा भएको थियो जसमा साईनिङ स्टार पेनाल्टी सुटआउटबाट विजेता बनेको हो । प्रतियोगितामा विजेता बनेको साईनिङ स्टार युथ क्लवले ६१ हजार नगदसहित ट्रर्फि, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

उपविजेता बनेको रानीवन स्पोर्ट क्लवले ३२ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, खेलाडीहरुलाई नगद ५÷५ हजार सहित प्रमाणपत्रले सम्मानित गरिएको थियो ।

प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा रहेको दिनेश ट्रेर्डस एण्ड अर्डर सप्लायर्सलाई प्रतियोगिता सफल पार्न महत्त्वपूर्ण सहयोग गरेकोमा कदरपत्रले सम्मानित गरिएको थियो ।

त्यस्तै निको रिसोर्ट, स्मार्ट डिजिटल, मालिका नमुना मावि, बडीमालिका नगरपालिका, बाजुरा पार्ट अफ हेमन, दारी भाईको चिया पसल लगायतलाई पनि कदरपत्र प्रदान गरिएको हो ।

प्रथम बाजुरा फुटबल प्रतियोगिता सदरमुकाम मार्तडीमा अत्यन्तै भव्य, अनुशासित र हार्दिकता पूर्ण वातावरणमा सम्पन्न भएको मुल आयोजक समिति संयोजक हिमाल बडुवालले बताए । प्रतियोगिता केवल फुटबलको खेल मात्र नभई यसले बाजुराको समाज, संस्कार र चेतनामा एक नयाँ ऊर्जा भरिदिएको उनले बताए ।

समापन कार्यक्रममा बोेल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एमाले बाजुराका सचिव काँसी विकले खेलाडीहरु प्रति उच्च सम्मान गर्दै अझै यस्ता प्रतिभावान खेलाडी उत्पादन गर्न आवश्यक रहेको बताए । उनले यो फुटबल प्रतियोगिताले पहिलेको जस्तो गलत धारणालाई तोड्दै बाजुरालाई शान्ति, मित्रता, एकता र खेल भावनाको प्रतिकका रूपमा स्थापित गरेको बताएका हुन् ।

जिल्लामा प्रतिभावान खेलाडी भए पनि उचित किसिमको खेलमैदान नहुँदा खेलाडीहरुलाई समस्या हुँदै आएको छ । जिल्लामा उचित किसिमको खेलमैदान निर्माण गर्न यहाँका सम्पूर्ण सरोकारवाला निकाय, राजनीतिक दललगायतले ध्यान दिनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ८ : २७ बजे