Logo

समाचार

सर्वोच्चमा संसद् विघटनविरुद्ध पाँच रिट, युवराज सफलले कार्कीको नियुक्ति खारेजको माग


२८ आश्विन २०८२, मंगलबार  

92
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँच वटा रिट दायर भएका छन्। मंगलबार बिहान सवा ११ बजेसम्म दर्ता भएका रिटमध्ये एकमा नागरिक युवराज सफलले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिलाई असंवैधानिक भन्दै बदर गर्न माग गरेका छन्।

सफलले दायर गरेको रिटमा ‘असंवैधानिक तवरबाट’ सरकार गठन गरिएको आरोप लगाउँदै कार्कीको नियुक्ति खारेज हुनु पर्ने माग गरिएको छ। साथै उनले उक्त सरकारद्वारा गरिएका सबै निर्णयहरू खारेज गर्न माग गरेका छन्।

संसद् विघटनलाई लिएर सर्वोच्चमा बढ्दो रिट संख्याले राजनीतिक तथा संवैधानिक बहसलाई थप चर्काएको छ। अदालतले रिटमाथि प्रारम्भिक सुनुवाइ कहिले गर्ने भन्ने टुंगो अझै लागिसकेको छैन।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ११ : ४२ बजे