Logo

अर्थ

सुनको मूल्य तोलामा २ लाख ४० हजार ४०० रुपैयाँ, अहिलेसम्मकै उच्च



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४० हजार ४०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

आईतबार सुनको मूल्य तोलामा २ लाख ३८ हजार रुपैयाँ रहेकोमा आज २ हजार ४०० रुपैयाँले वृद्धि भएको हो।

चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ९५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ पुगेको छ। आईतबार चाँदी प्रतितोला ३ हजार १२५ रुपैयाँमा कारोबार भएको थियो।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएका उतारचढाव र अमेरिकी डलरसँग नेपाली रुपैयाँ कमजोर हुँदा सुनचाँदीको मूल्य उच्च भएको हो।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : १० बजे