मेष राशि
छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत(साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ।
बृष राशि
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अरूको आलोचना गर्दा आफैंलाई हानि हुनेछ। असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्।
मिथुन राशि
आँटले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आगन्तुकहरूले अलमल्याउने हुँदा काममा समय दिन नसकिएला। तापनि विगतका कमजोरीलाई सुधार गर्ने मौका पाइनेछ।
कर्कट राशि
आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ। बलजफ्तीले पनि बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ।
सिंह राशि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
कन्या राशि
मिहिनेत परे पनि तारिफयोग्य कामको चर्चा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।
तुला राशि
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमशस् सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ।
बृश्चिक राशि
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था रहनेछ। अरूका काममा व्यस्त बन्नुपरे पनि आफ्ना कामको मेसो नमिल्दा पछि परिएला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्।
धनु राशि
छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ।
मकर राशि
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।
कुम्भ राशि
अवसरले पछ्याए पनि परिस्थिति संघर्षमय रहनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला। पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ।
मीन राशि
परिस्थिति आफ्नै लागि प्रतिकूल रहला। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला। बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्।
प्रतिक्रिया