Logo

समाचार

तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल


२४ आश्विन २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । तिहारको समयमा फूल तथा माला बिक्री वितरण सहज बनाउन काठमाडौं महानगरपालिकाले ३२ ओटा विक्री स्थल तोकेको छ । महानगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै फूल बजार व्यवस्थापन, विदेशी फूलको आयात नियमन तथा फूल बिक्री कक्ष सञ्चालनबारे जानकारी दिइएको हो ।

महानगरका अनुसार नयाँ बानेश्वर, चावहिल, माछापोखरी, कालिमाटी, स्वयम्भू, कमलादी, अनामनगर, टेवाल, सुन्धारा, न्यूप्लाजा लगायत ३० भन्दा बढी स्थानहरूमा नेपाली फूल तथा माला बिक्रीका लागि व्यवस्था मिलाइएको छ ।

फूल बिक्री कक्षमा स्थानीय किसान तथा व्यवसायीहरूले नेपाली फूल र माला बिक्री गर्न सक्नेछन् । यसबाट स्वदेशी उत्पादनको प्रवद्र्धन हुने विश्वास गरिएको छ ।

विभिन्न स्थानहरूमा जिम्मेवार व्यक्ति र सम्पर्क नम्बर तोकिएको छ, जसमा एन.बी. सेन्टर नयाँ बानेश्वरमा आकृति श्रेष्ठ आइप्लेक्स मलमा शिशिर पोखरेल, मध्य बानेश्वरमा सपना सिजापती, चावहिल गणेशस्थानमा अज्जव श्रेष्ठ, बत्तिसपुतलीमा सुरज थापा रहेका छन् ।

महानगर प्रहरी बलमार्फत आवश्यक सुरक्षाको समेत व्यवस्था मिलाइएको छ । सहजिकरणका लागि महानगर प्रहरी बलका सम्पर्क नम्बरहरू ०१–५९०१७६३, ०१–५९०१७६४ र मोबाइल ९८५१३५५५०९ सार्वजनिक गरिएको छ ।

विक्रवितरणको लागि निम्न स्थानहरु तोकिएको छ ।

एन. वि. सेन्टर नयाँ वानेश्वर

बिग मार्ट : शंखमुल

आइ प्लेक्स मल : नयाँ बानेश्वर

सेल्स बेरी : मध्यबानेश्वर

फोनेक्स टावर : बत्तिसपुतली

तिनकुने चौर तिनकुने

सिफल चौर : सिफल

ए.सी. कम्लेक्स : चावहिल गणेशस्थान तरकारी बजार

के. एल. टावर अगाडि, चावहिल

चावहिल सेन्टर अगाडि

स्वयम्भू : धर्म चक्र पार्क

कालिमाटी : कालिमाटी बाङ्गक्यूट

कालिमाटी धौखेल

कलंकी भाटभटेनी

नयाँ बजार : भ्याली कोल्ड स्टोर

माछापोखरी : बुद्ध महल

माछापोखरी : गुणस्तर खाल्डो

हॉडिगाउँ : ५ वडा अगाडिको डबली

हाँडिगाउँ : ५ वडा गणेश मन्दिर डबली

कोइराला स्मार्ट : २६ वडा सामाखुशी

सेल्सबेरी : महाराजगञ्ज

गंगवु : विगमार्ट

चपलकारखाना : विगमार्ट

बालुवाटार : विगमार्ट

कमलादी : का.म.पा. २८

पुतली सडक : का.म.पा. २८

अनामनगर : का.म.पा. २९ : भाटभटिनी

टेवाल मन्दिर परिसर

सुन्धारा काठमाडौं महल

का.म.पा. २८ अद्भुतमार्ग वडा कार्यालय बनाउने ठाउंमा

न्यूप्लाजा बग्र कम्लेक्स गुडमार्ट

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १२ : ५९ बजे