सर्लाही । सर्लाहीमा नुहाउने क्रममा नदीमा डुबेर युवकको मृत्यु भएको छ ।
जिल्लाको बलरा नगरपालिका – १० सुदामा हुँदै बग्ने मनुष्मारा नदीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार स्थानीय २८ वर्षीय विवेक चौधरी आज बिहान नदीमा डुबेका थिए । उनलाई तत्कालै उद्धार गर्ने प्रयास भए पनि बचाउन सकिएन ।
सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईका अनुसार मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।
प्रतिक्रिया