Logo

मुख्य समाचार

एमाले सचिवालय बैठक आज बस्दै


२४ आश्विन २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ।

अविरल वर्षा, बाढीपहिरो र डुबानका कारण आइतबारका लागि तय गरिएको ५८औँ सचिवालय बैठक स्थगित भई आजका लागि सारिएको हो।

पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकले आगामी राजनीतिक रणनीति र कार्यदिशा तय गर्नेछ।

एमालेको केन्द्रीय कमिटी बैठक असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने तय गरिएको छ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : ३९ बजे