काठमाडौं – सरकारले अविरल वर्षा र पहिरोबाट प्रभावित इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोका घटनामा ३९ जनाको मृत्यु, एक जना बेपत्ता र २६ जना घाइते भएका छन्। सडक सञ्जाल र अन्य पूर्वाधारमा समेत व्यापक क्षति पुगेको बताइएको छ।
प्रतिक्रिया