Logo

मुख्य समाचार

ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमा फिर्ता पठायो


२३ आश्विन २०८२, बिहिबार  

0
Shares

काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी फिर्ता गरेको छ। आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रहरीबाट प्राप्त जाहेरीलाई पुनः प्रहरीमै फिर्ता पठाइएको उल्लेख छ।

भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाहेरी प्रहरीमार्फत आयोगमा पुगेका थिए। तर आयोगले ती जाहेरी आफ्नो कार्यक्षेत्रभित्र नपर्ने निष्कर्ष निकाल्दै फिर्ता पठाएको हो।

आयोगका अनुसार मृतक रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडासहित चारजनाले दर्ता गरेको जाहेरी फौजदारी प्रकृतिको भएकाले त्यसमा विस्तृत अनुसन्धान, तहकिकात र अभियोजनको जिम्मेवारी प्रहरीको हुने बताइएको छ।

आयोगले फौजदारी अपराधको अनुसन्धान आफ्नो कार्यक्षेत्रमा नपर्ने स्पष्ट गर्दै सो सम्बन्धी सबै जाहेरी प्रहरीमा फिर्ता गरेको जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ८ : ३२ बजे