Logo

मुख्य समाचार

जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ


२३ आश्विन २०८२, बिहिबार  

598
Shares

काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता रविकिरण हमाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार हमाललाई बिहीबार काठमाडौंको सुकेधाराबाट पक्राउ गरिएको हो ।

भट्टराईले हमालमाथि सामाजिक सञ्जालमार्फत आन्दोलनमा उक्साउने गतिविधि गरेको आरोप लागेको बताए । अहिले उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ८ : ०४ बजे