रामेछाप । सिन्धुलीको दुधौली नगरपालिका–१० कर्थाका ५१ वर्षीय लीलबहादुर सार्कीको पानीमा डुबेर मृत्यु भएको छ ।
गाई–गोरु चराउन निस्किएका सार्की घर नफर्केपछि खोजी गर्ने क्रममा कमला खोलाको दहमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार, बुधवार बिहान करिब १० बजे लीलबहादुर घरबाट गाई–गोरु चराउनका निस्किएका थिए ।
साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारजनले खोजी कार्य थालेका थिए । खोजीको क्रममा बिहीबार बिहान घरबाट करिब सातसय मिटर पश्चिमतर्फ रहेको कमला खोलाको दहमा घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी दुधौलीबाट प्रहरी सहायक निरीक्षक कलमबहादुर शाहीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । टोलीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
मुचुल्का प्रक्रिया सम्पन्न गरी मृतकको शवलाई पोष्टमार्टमका लागि सिर्थौली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया