काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग अस्वीकार्य भएको बताएका छन्।
भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त आयोगको प्रतिवेदन आफू र पार्टीलाई मान्य नहुने स्पष्ट पारे।
“तपाईंहरूले प्रतिवेदन लेख्नुस्, बुझाउनुस्, फैसला गर्नुस्, तर एमालेलाई मान्य छैन, नेपाली जनतालाई मान्य छैन,” ओलीले भने, “हामी मान्दैनौं, जे गर्नु छ गर्नुस्।”
उनले आफूलाई दोषी ठहर्याउनका लागि बनाइएको आयोगमार्फत “प्रतिवेदनको नाटक” गरिँदैछ भन्ने आरोप पनि लगाए। “ओलीलाई थुन्नुपर्छ भन्नेहरूको आयोग बनाएर प्रतिवेदनको नाटक भइरहेको छ,” उनले प्रश्न गर्दै भने।
प्रतिक्रिया