Logo

अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको दुई लाख ३९ हजार २०० रुपैयाँ पुग्यो


२३ आश्विन २०८२, बिहिबार  

23
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि हुँदै गएको छ। बिहीबार (असोज २३) तोलामा १ हजार २ सय रुपैयाँले बढ्दै छापावाल सुनको मूल्य दुई लाख ३९ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च दर हो।

बुधबार (असोज २२) सुनको मूल्य तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो। असोज १२ गतेयता सुनको मूल्य दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ। असोज १२ गते छापावाल सुन प्रतितोला दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसयता मूल्य निरन्तर बढ्दै असोज १९ गते दुई लाख ३० हजार ६००, असोज २० गते दुई लाख ३३ हजार १००, र असोज २१ गते दुई लाख ३५ हजार ४०० रुपैयाँ पुगेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला तीन हजार २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  १ : ३८ बजे