Logo

धर्म / संस्कृति

आजको राशिफल


२३ आश्विन २०८२, बिहिबार  

92
Shares

मेष राशि
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ।

बृष राशि
केही पाउन केही वस्तु त्याग्नुपर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ।

मिथुन राशि
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कर्कट राशि
सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

सिंह राशि
काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।

कन्या राशि
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ।

तुला राशि
समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।

बृश्चिक राशि
काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।

धनु राशि
अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ।

मकर राशि
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।

कुम्भ राशि
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ।

मीन राशि
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नेछन्। दिगो काममा सम्झौता गर्ने समय छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ६ : ०१ बजे