Logo

Breaking News 1

अन्तर्राष्ट्रिय टी–२० शृङ्खला : नेपाल र मलेसिया फाइनल खेल खेल्दै



काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको फाइनलमा नेपाली महिला टिम आज मलेसियासँग खेल्दै छ । बुधबार मलेसियाको बायुमास ओभलमा हुने खेलमा नेपाली महिला टिम मलेसियासँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।

पाँच खेलको सिरिजमा २–२ को बराबरी खेलेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।

तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको थियो । नेपाल र मलेसियाको फाइनल भिडन्त आज बिहान ७ः४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : ५३ बजे