Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष राशि
मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रयास गर्दा सजिलै काम बन्नेछ।

बृष राशि
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। सहयोगको प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। मनकारी साथीभाइ टाढा हुनेछन्।

मिथुन राशि
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ।

कर्कट राशि
सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

सिंह राशि
सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

कन्या राशि
परिस्थितिवश कार्यसम्पादनमा केही समय लाग्नेछ। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ।

तुला राशि
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ।

बृश्चिक राशि
अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनेछ भने पहिलेको योजना स्थगित हुन सक्छ।

धनु राशि
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ।

मकर राशि
साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।

कुम्भ राशि
बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ।

मीन राशि
दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ५ : ५० बजे