Logo

Breaking News 1

मुख्यमन्त्री कार्की स्वयं इलाम पुगे, प्रदेश सरकारबाट मोरङ, इलाम र झापामा निरन्तर राहत पठाइयो


२१ आश्विन २०८२, मंगलबार  

0
Shares

विराटनगर । भारी वर्षा र पहिरोले प्रभावित मोरङ, इलाम र झापा जिल्लाका पीडितका लागि कोशी प्रदेश सरकारले निरन्तर रूपमा राहत सामग्री पठाइरहेको छ । सवारीसाधन पुग्न सक्ने स्थानहरूमा ट्रकमार्फत राहत सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

आज (मंगलबार) बिहान मुख्यमन्त्री हिक्मत कुमार कार्की स्वयं इलाम स्थलगत निरीक्षणमा गएका हुन् । उनले इलाममा पुगेर जिल्ला विपद् व्यवस्थापन समितिसँग खोज तथा उद्धार, राहत वितरण र अवरुद्ध सडक सञ्जाल पुनः सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरे ।

मुख्यमन्त्री कार्कीले इलाममा सुरक्षा निकायको संयुक्त बैठक समेत बोलाएर विपद् व्यवस्थापनको कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सो क्रममा उनले भनेका छन्, ‘प्रदेश सरकारको सामथ्र्यले भ्याएसम्म सबै प्रभावित क्षेत्रमा राहत पु¥याउने काम निरन्तर जारी रहनेछ।’

प्रदेश सरकारले अहिले पहिरो प्रभावित क्षेत्रहरूमा खाद्यान्न, लत्ता–कपडा, औषधि र प्राथमिक उपचार सामग्री पठाइरहेको छ । सवारीसाधन नपुगेका ठाउँमा हेलिकप्टरमार्फत राहत पु¥याउने तयारी पनि भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ७ : ५९ बजे