काठमाडौं । नेपालले दोस्रो वार्म अप खेलमा पनि जित हात पारेको छ । आईसीसी टी-२० विश्वकप छनोट खेल्न लागेको नेपालले सोमबार कतारलाई १६ रनले पराजित गरेको हो ।
नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो ।
कतारलाई सस्तैमा रोक्ने क्रममा करण केसीले ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो ।
यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड १ मा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो ।
प्रतिक्रिया