Logo

Breaking News 1

नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने



काठमाडौं । आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली टोलीले आज कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो । अब कतार बलिङमा उत्रिने छ ।

विश्वकप छनोटअघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको ओमानविरुद्धको म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ४ : ५४ बजे