Logo

Breaking News 1

काठमाडौं जिल्लाका कार्यालयहरू आज खोलेर सेवा सुचारु राख्न आग्रह



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्लाका कार्यालयहरू सोमबार (आज) खोलेर सेवा सुचारु राख्न आग्रह गरेको छ । 

१९ र २० गते सार्वजनिक बिदा भनिए पनि मौसममा सुधार भएको र जोखिमको अवस्था नरहेकाले आज कार्यालय खोलेर सेवा सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।  

बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन कार्यालयले भनेको छ । 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ७ : १८ बजे