काठमाडौं । शुक्रबार र शनिबार निरन्तर वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ज्यान गुमाउनको संख्या ५२ पुगेको छ । नेपाल प्रहरीका अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ५२ पुगेको हो ।
जसमध्ये इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।
प्रतिक्रिया