Logo

Breaking News 1

साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग



काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्ंचालन भएको छ ।
सडक विभागले दिएको जानकारी अनुसार आइतबार बिहान वर्षा रोकिएसँगै पहिरो पन्छाइएको हो ।

विभागका प्रवक्ता प्रभात कुमार झाले पहिरो पन्छाएर सवारी आवत्जावत सहज बनाइएको बताए । उनका अनुसार राजमार्ग खुलपछि यस सड्कमा अवरुद्ध भएका सवारी चल्न थालेका छन् ।

यस्तै, पृथ्वी राजमार्ग अन्र्तगत मलेखु–मुग्लिन सड्क खण्ड पनि अहिले विहान साढे ११ बजेदेखि सञ्चालनमा आएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १२ : १४ बजे