बाजुरा । भारतको दिल्लीबाट हराएकी बाजुराकी संगीता ल्वार अझै फेला पर्न सकेकी छैनन् । बाजुराको बडिमालिका नगरपालिका–५ मना घर भएकी १८ वर्षीया ल्वार भारतको दिल्लीबाट गत भदौ २० गतेबाट हराएकी थिइन् ।
उनी हराएको महिनौ वितिसक्दा पनि परिवारको सम्पर्कमा आउँन सकेकी छैनन् । लामो समयसम्म पनि उनी सम्पर्क नआउँदा उनका अभिभावकले मिडिया र सामाजिक सञ्जालमार्फत छोरीको खोजीका लागि आग्रह गरेका छन् ।
ल्वारले आफु हराए पछि घरतर्फ फोन वा अन्य माध्यमबाट कुनै सम्पर्क समेत गरेकी छैनन् । छोरीसँग अन्तिम पटक फोनमा कुरा भएको लामो समय भयो, त्यसपछि उनको कुनै सम्पर्क छैन् ल्वारका बुबाआमा गोरे ल्वार र सुन्तला ल्वारले बताए ।
अहिले छोरीको मोबाइल अफ छ । मोबाइल अफ भएको पनि लामो समय भयो तर छोरी कसैको सम्पर्कमा नरहेको उनका आमाबुबाले बताएका छन् । परिवारका सदस्यहरूले प्रहरीमा उजुरी दर्ता गरी खोजी कार्य अघि बढाइरहेका छन् ।
परिवारका सदस्यले स्थानीय प्रशासन र प्रहरीसँगै भारतस्थित नेपाली दूतावासमार्फत पनि सहयोगको अपिल गरेका छन् । यता उनकै गाउँका स्थानीय युवाहरूले पनि सामाजिक सञ्जालमार्फत खोजीका लागि अभियान सुरु गरेका छन् ।
भारतमा रहेका नेपाली संघसंस्थाहरूसँग समन्वय गरेर युवाहरुले लवारको खोजी कार्यमा सहयोगका साथ सबैमा हार्दिक लागि अपिल समेत गरेका छन् ।
ल्वार भारतको सामापूरी सालीमार्गाजन शिरचोक भन्ने ठाउँबाट भाद्र २० गते साँझ ७ बजेको आसपासमा एक जना अपरिचित व्यक्तिले मोटरसाइकलमा लगेको १० वर्षका आफ्नो फुपूको छोराले देखेको र त्यो दिनदेखि सम्पर्कमा नआएको बताइएको छ ।
प्रतिक्रिया