Logo

Breaking News 1

मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध, सावधानीपूर्वक सुरक्षित यात्रा गर्न अनुरोध



काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । जवाङ खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा पानी परिरहेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ, “पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ ।” 

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : ५५ बजे