हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफूभन्दा ठूलावडा मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमासम्म दशैं मनाउने गरेका छन् ।
उत्तम न्यौपाने
पण्डित
काठमाडौं । वडादशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व वा उत्सव हो । दशैंलाई बडादशैं, दशहरा, विजया दशमी आदि नामले बुझ्ने गरिन्छ । खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो हिन्दुहरुको सबैभन्दा ठूलो राष्ट्रिय चाड पनि हो । हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफू भन्दा ठुलावडा मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमासम्म मनाउने गरेको पण्डित उत्तम न्यौपाने बताउँछन् । नेपाल न्यूज बैकंसँगको कुराकानीमा उनले रातो क्रान्तिको प्रतिक, शान्तिको प्रतिक अमरत्वको प्रतिक, अठल सौभाग्यको प्रतिकका रुपमा मानिने भएकाले विजयको रुपमा त रातो धारा लाउने पनि बताए ।
बडादशैँलाई विजया दशमी भन्नुमा तीन चारवटा विषयवस्तुहरुले यसलाई परिपूर्णता दिएको छ । एउटा नवरात्र प्रारम्भ भएदेखि नै नौं दिन पर्यन्तसम्म आमाको उपासना जसलाई आधा जगत जननी माँ दुर्गाकाली विभिन्न स्वरूपमा र अष्टमीका दिनमा महाकाली, महालक्ष्मी, महासरस्वतीका स्वरूप पूजा गर्छौं । नवमीका दिनमा सिद्धिधात्री को रुपमा पूजापाठ गरिन्छ ।
सप्तमीलाई कालरात्रीको रुपमा गरिन्छ । छैटौं दिनलाई कात्यनी माँ को रुपमा पूजा गर्ने गरिन्छ । क्रमिक रुपमा अलक अलक माताहरुको अलग–अलग स्वरुपलाई पुजा पाठ र आराधना गरिन्छ । जहाँ दैत्यरुपी देवताहरुलाई दैत्यहरुले जब दुःख दिए, पीडा दिए, इन्द्रलाई अमरावतीको आसन छिनिए । त्यसपछि इन्द्रले तपस्या गर्नुभयो । जहाँ रावणले हरण गर्न खोजे, अथवा सीतालाई हरण गर्न खोजियो । पछि रामचन्द्र भगवानले मातालाई आराधना गर्नुभयो । दुर्गालाई मातालाई आराधना गर्नुभयो ।
त्यस्तै माता पार्वतीलाई शिवजीले शक्ति स्वरूपा माताकै आराधना गर्नको कारणले गर्दा विजयश्री प्राप्त हुनेछ भनेर नौं दिन पर्यन्तसम्म देवीको आराधना गरेर दसौँ दिनमा रावणलाई वध गरिएको, चण्ड–मुण्ड–प्रचण्ड नाम गरेका दानवलाई माता दुर्गाले वध गरेर विजयउत्सव गरेको कारण नै हर्षोलासका साथ टीका, प्रसाद र जमारा ग्रहण गरिएको हो । अनि मिठो मसिनो चिजहरु खाने, पिङ खेल्ने रमाइलो गर्ने, आनन्द लिने ठूलाबडाबाट आशिर्वाद लिनु नै विजयको प्रतिकको रुपमा विजय उत्सवका रुपमा विजयादशमी मानिएको हो ।
टीका पछाडिका कोजागत पुर्णिमा आउने दिनहरुसम्मलाई पाँच दिनसम्म पञ्चतत्वको स्वरूप जसलाई पृथ्वी, जल, तेज, वायु, आकाशलाई नवदुर्गाका रुपमा आराधना गरेका हुन्छौं । दशमीदेखि पाँच दिनलाई नै पञ्चतत्वको स्वरूपका रुपमा पुजा गर्ने गर्छौं । पाँचै देवतालाई त्यही स्वरूप मान्दै अन्तिम दिनमा जहाँ पुर्णिमाको दिन रहन्छ पुर्णिमाको दिनमा लक्ष्मीको आराधना गर्ने भएकाले पाँच दिन ठूलाबडाहरुको घरमा जाने चलन छ ।
रोतो टीकाको महत्व
रातो एक त क्रान्तिको प्रतिक हो । शान्तिको प्रतिक, अमरत्वको प्रतिक एक अठल सौभाग्यको प्रतिकका रुपमा सेतोलाई मानिन्छ । तसर्थ विजयको रुपमा त रातो धारा लगाउनैपर्ने चलन छ । पहिले अबिर नहुँदाको अवस्थामा भारतबाट अविर आएपछि रातोको प्रचलन पनि आएको हो । पहिला सेतो दहीमा मुछेर चामल लगाउने प्रचलन थियो । चामल लक्ष्मीको प्रतिकको रुपमा मानिन्छ । जल तत्वको प्रतिकको रुपमा मानिन्छ । अन्न स्वयं भगवान कृष्णको प्रतिकको रुपमा मानिन्छ । भगवान शिवको रुपमा दुर्गा माँ कालीको रुपमा मानिन्छ । जसका कारण चामलमा दही मुसेर टीका लगाउने प्रचलन छ । खुशी, उत्साह र उमंगका लागि रातोको प्रचलन सुरु भएको हो । दशैमा रातो लगाउँदा पनि उत्तिकै आनन्दको महसुस हुन्छ भने सेतो लगाउँदा पनि मनमा शान्ति मिल्छ भन्ने विश्वास छ ।
प्रतिक्रिया