काठमाडाैं । नेपालले वेस्ट इन्डिजलाई १२३ रनको लक्ष्य दिएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा १२२ रन बनाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनीबाहेक कप्तान रोहित पौडेलले १७ र कुशल मल्लले १२ रन को योगदान गरे । सन्दीप जोराले १४ रन बनाए । वेस्ट इन्डिजका बलरले उत्कृष्ट प्रदर्शन गरे ।
प्रतिक्रिया