Logo

Breaking News 1

खुल्यो नारायणगढ–मुग्लिन सडक



चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ ।

अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ६ : ३३ बजे