Logo

Breaking News 1

८० वर्षीय तेजबहादुर उप्रेती : जसले एकै बर्षमा विक्री गरे ६०० किलो काँक्रो



मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–६ निवासी ८० वर्षीय कृषक तेजबहादुर उप्रेतीले यस वर्ष करिब ६०० किलो काँक्रो उत्पादन गरी बिक्री गरेका छन् । उनले उत्पादन भएको काँक्रोलाई स्थानीय बजारमा प्रतिकिलो ४० रुपैयाँको दरले बिक्री गरेका हुन् ।

उप्रेती विगत करिब पाँच दशकदेखि खेतीपातीमा सक्रिय रहँदै आएका अनुभवी कृषक हुन् । उमेरको ८० वर्ष नाघिसक्दा पनि उनी अझै आफ्नै खेतबारीमा बाली उत्पादनमा व्यस्त छन् । यस पटक उनले काँक्रो खेतीमा विशेष ध्यान दिँदा राम्रो उत्पादन भएको बताइन्छ ।

थाहा नगरपालिकाको उर्वर माटो र उपयुक्त मौसमका कारण काँक्रो खेती फस्टाएको छ । उप्रेतीले परम्परागत तरिकासँगै आधुनिक खेती प्रविधि र जैविक मलको प्रयोग गर्दा उत्पादन राम्रो भएको अनुभव बाँडेका छन् । स्थानीय बजारमा ताजा र स्वास्थ्यवद्र्धक काँक्रोको माग बढ्दै गएको कारण उनले बिक्रीमा सहजता पाएका छन् ।

उप्रेतीले प्राप्त आम्दानी आफ्नो परिवारको दैनिक खर्च र आगामी खेतीपातीमा लगानी गर्ने योजना बनाएको बताए । उनले जस्तो उमेरमै सक्रिय रहँदै कृषिमा योगदान पु¥याउने कृषकहरू गाउँ समाजका लागि प्रेरणा भएको स्थानीय बासिन्दाहरूको भनाइ छ ।

थाहा नगरपालिकाले पनि कृषकलाई प्राविधिक सहयोग र मलविउ उपलब्ध गराउँदै आएका कारण गाउँमा कृषिको आकर्षण बढ्दै गएको जनाइएको छ । तेजबहादुर उप्रेतीको यो सफलताले स्थानीय युवाहरूलाई समेत कृषिमा आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १२ : ४३ बजे