Logo

राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक असोज २७ देखि २९ गतेसम्म



भक्तपुर— नेकपा (एमाले) ले पार्टीको केन्द्रीय कमिटी बैठक असोज २७, २८ र २९ गते बोलाएको छ। आइतबार अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको सचिवालय बैठकले उक्त मिति तय गरेको हो।

बैठकअघि पुनः सचिवालय बैठक बस्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : १४ बजे