काठमाडौं – नेपाल आयल निगमले सार्वजनिक बिदा पनि १३ वटा डिपो खुला रहने जनाएको छ। निगमले आइतबार जारी गरेको विज्ञप्ति अनुसार, डिपो खुला रहनुको उद्देश्य पेट्रोलियम पदार्थको सहज बिक्री र वितरण सुनिश्चित गर्नु हो।
निगमले जनाएको छ कि स्थानीय आवश्यकताका आधारमा कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय खुला रहनेछन्। साथै धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका इन्धन डिपो पनि संचालनमा रहनेछन्।
निगमका अधिकारीहरूले भने कि दसैँ जस्ता चाडपर्वमा सवारीसाधनको प्रयोग बढेसँगै इन्धनको खपत पनि बढ्ने भएकाले बिदामा डिपो खुला राख्ने निर्णय गरिएको हो।
प्रतिक्रिया