Logo

Breaking News 1

वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डको बधाई



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जा फेसबुक मार्फत शनिबार राति भएको खेलमा वेस्ट इन्डिजलाई हराएर नेपालले ऐतिहासिक जित हासिल गरेकोमा नेपाली टिमलाई बधाई दिएका हुन् ।

यो सफलताले नेपाली युवाशक्ति उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पबाट हरेक चुनौती सामना गर्न सक्षम छ भन्ने पुष्टि गरेको उनले बताएका छन् ।

उनले लेखेका छन्,‘यूएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक विजय हासिल गरेकोमा हार्दिक बधाई ।

यो सफलताले नेपाली युवाशक्ति– उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पबाट हरेक चुनौती सामना गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ । नेपाली टोलीले सिरिजका आगामी खेलहरूमा समेत अझै उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित पार्ने विश्वास लिएको छु ।’

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : १८ बजे